Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

दैनिकी न्यूज

११, कार्तिक २०७९
ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति
images

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो।

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।

आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए।

क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए। वडाध्यक्ष तामाङका अनुसार आगलागीको कारण पनि खुल्न सकेको छैन।

images
प्रकाशित मिति :कार्तिक ११, २०७९ शुक्रवार - ०७:२४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology