Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कैलालीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा मृत्यु

कैलालीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा मृत्यु

दैनिकी न्यूज

११, कार्तिक २०७९
कैलालीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा मृत्यु
images

काठमाडौं । जिपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार कैलालीको गोदावरी नगरपालिका(३ तेघरीका शेरबहादुर पुन मगरको मृत्यु भएको छ। उनको उपचारका क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा बिहीबार पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०१-००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते भएका थिए। ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय ९चौमाला० ले नियन्त्रणमा लिएको जनाइएको छ। रासस

images
प्रकाशित मिति :कार्तिक ११, २०७९ शुक्रवार - ०७:१८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology