काठमाडौं । तिहारको बेलामा जम्मा भएर जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जुवातास खेलिरहेका ८ जनालाई काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको हो ।
तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा बुधबार राति साढे ११ बजे जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट १६ थान कौडा र नगद दुई लाख ४६ हजार ६८० रुपैयाँ बरामद गरिएको छ । प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।