Logo

आइतवार, आश्विन २५ गते २०८३

images

समानुपातिकको अन्तिम सूची सार्वजनिक

समानुपातिकको अन्तिम सूची सार्वजनिक

दैनिकी न्यूज

१०, कार्तिक २०७९
समानुपातिकको अन्तिम सूची सार्वजनिक
images

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । दलहरूले पेस गरेको बन्दसूची जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फका लागि दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका छन् । प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश १ का लागि ६ सय १६, मधेसका लागि आठ सय ६३, बागमतीका सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन् ।

सो समानुपातिकतर्फ दलले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी–विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका पाँच सय ५० जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ ।

समानुपातिक प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६ हजार चार सय ५७ उम्मेदवार थिए ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७९ बिहिवार - ०७:१५:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology