Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

दैनिकी न्यूज

८, कार्तिक २०७९
जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ
images

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा पर्सा र काठमाडौंबाट ३७ जनालाई पक्राउ गरेको छ ।

पर्सा, वीरगंज महानगरपालिका–१७ अलौमा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय लक्ष्मी सहनी समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय र प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार १ सय ९० रूपैयाँ र १ सेट कौडा सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा ३३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ग्यारेजाम जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार रुपैयाँ, कौडा १३ थान र तास १३ बुक सहित पक्राउ गरेको हो । साथै प्रहरीलाई अभद्र व्यवहार गर्ने १ जना महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७९ मंगलवार - १८:१४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology