Logo

आइतवार, आश्विन २५ गते २०८३

images

स्रोत नखुलेको रकम सहित पक्राउ

स्रोत नखुलेको रकम सहित पक्राउ

दैनिकी न्यूज

७, कार्तिक २०७९
स्रोत नखुलेको रकम सहित पक्राउ
images

धनुषा । जनकपुर उपमहानगरपालिका-२१ कुर्थाबाट स्रोत नखुलेको नगद ३८ लाख ५० हजार रुपैयाँ सहित महोत्तरी भंगहा नगरपालिका-१ बस्ने २१ वर्षीय सुवम राज चौवेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रूपमा रकम नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको साथबाट १ हजार दरको २९ बण्डल र ५ सय दरको १९ बण्डल गरी जम्मा ३८ लाख ५० हजार रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषा पठाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - १८:२३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology