ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल भण्डारी मार्गस्थित सुनिता तामाङको घरबाट नगद ३ लाख ३० हजार रुपैयाँ, ल्यापटप १ थान र मोबाइल १ थान समेत गरी करिब ४ लाख ४७ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।