Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काठमाडौँ क्ष्रेत्र नं.९ मा चुनावी प्रचारमा तिब्रता, निर्वाचन परिचालन समिति गठन

काठमाडौँ क्ष्रेत्र नं.९ मा चुनावी प्रचारमा तिब्रता, निर्वाचन परिचालन समिति गठन

दैनिकी न्यूज

५, कार्तिक २०७९
काठमाडौँ क्ष्रेत्र नं.९ मा चुनावी प्रचारमा तिब्रता, निर्वाचन परिचालन समिति गठन
images

काठमाडौं । काठमाडौँ क्ष्रेत्र नं. ९ मा लोकतान्त्रिक वाम गठबन्धनले चुनावी प्रचारमा तिब्रता दिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो उमेद्द्वारलाइ बिजयी गराउने उदेश्यअनुरुप निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ ।

निर्वाचन क्षेत्र नं. ९ अन्तर्गत नागार्जुन नगरपालिका वडा न। ८ मा शुक्रबार लोकतान्त्रिक वाम गठबन्धनको वडा स्तरिय निर्वाचन परिचालन समिति गठन भएको छ । यो क्षेत्रमा पहिलो पटक वडा स्तरीय निर्वाचन परिचालन समिति निर्माण भएको हो भने यस कार्यलाई सबै वडासम्म पुर्याइने छ । नेपाली कांग्रेसका वडा सभापति रामहरि मरहट्ठाको अध्यक्षतामा शुक्रबार सम्पन्न भेलाले उनको सयोजकत्वमा १०१ सदस्य वडा निर्वाचन परिचालन समिति गठन गरेको हो । उक्त कार्यक्रममा माओवादी केन्द्रकी नेतृ एवम् क्षेत्र नं. ९ बाट गठबन्धनकी साझा उम्मेदवार कल्पना धमला, प्रदेश (ख) का उम्मेदवार श्यामकृष्ण खड्का, समानुपातिक उम्मेवारहरु किरण गिरि र देवकि पौडेललगायतको उपस्थिति रहेको थियो ।

उमेद्द्वारहरुले संविधानको रक्षा, सुशासन र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आवश्यक रहेको भन्दै गठबन्धनको पक्षमा मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. ९ का सभापति जयकृष्ण महर्जन र नेकपा (एकिकृत समाजवादी) का क्षेत्रिय इन्चार्ज तोरण थापाले गठबन्धनको पक्षमा मतदान गर्न आम मतदाताहरुलाई अनुरोध गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - १०:०५:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology