Logo

आइतवार, आश्विन २५ गते २०८३

images

राजु गुरूङको उम्मेदवारी खारेज

राजु गुरूङको उम्मेदवारी खारेज

दैनिकी न्यूज

४, कार्तिक २०७९
राजु गुरूङको उम्मेदवारी खारेज
images

काठमाडौं । सर्वोच्च अदालतले रूपन्देही क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ।

यसअघि आफैंले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको छ।

गुरूङले दिएको रिटमा न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार अन्तरिम आदेश नहुने भनेको हो।

‘कानुनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गरूङमा कायम रहेको देखिँदा निजले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन,’ उक्त इजलासको आदेशमा भनिएको छ।

कालो सूचीमा नाम कायम रहेका व्यक्ति प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन नपाउने पनि इजलासको आदेशमा उल्लेख छ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७९ शुक्रवार - १९:२४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology