Logo

आइतवार, आश्विन २५ गते २०८३

images

निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

दैनिकी न्यूज

३, कार्तिक २०७९
निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
images

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो ।

समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमतीसम्मका विरुद्ध उजुरी परेको छ । त्यस्तै, सरकारी लाभको पदमा बसेर बन्दसूचीमा नाम राखिएकाहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

केही उजुरीमा क्लस्टरमा नपर्ने व्यक्तिहरूलाई राखिएकाले उनीहरूको नाम खारेज हुनुपर्ने दाबी गरिएको छ । उजुरीमा आदिवासी जनजाति, मधेशीलगायतका सूचीमा राखिएका व्यक्तिहरू उक्त समूहको नभएको दाबी गरिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०७:३९:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology