Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेताको पावर लगाएर यसरी छुट्कारा पाउछन् मेनपावरका ठगहरु

नेताको पावर लगाएर यसरी छुट्कारा पाउछन् मेनपावरका ठगहरु

दैनिकी न्यूज

३, कार्तिक २०७९
नेताको पावर लगाएर यसरी छुट्कारा पाउछन् मेनपावरका ठगहरु
images

काठमाडौं । ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन् ।

हालै विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानुनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ ।

विगत ३ महिनामा विभागमा ७८८ वटा उजुरी विभिन्न मेनपावरविरुद्ध परेको भए पनि लिखित जवाफसहित विभागमा उपस्थित नहुने मेनपावरको संख्या धेरै रहेको छ । यसैगरी कतिपय मेनपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उपस्थित गराउन सकेको छैन ।

विभागमा डीएसपीको नेतृत्वमा प्रहरी युनिट खडा गरे पनि उनीहरुको क्षेत्राअधिकारमा सोझै पक्राउ गर्ने अधिकार छैन । मेनपारलाई कारबाही नगर्न प्रायः सबै पार्टीका उच्च नेताले कर्मचारीलाई दबाब दिने गरेको एक कर्मचारीले बताए । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - ०७:०४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology