Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

२, कार्तिक २०७९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सप्तरी जिल्ला राजविराज नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका(१४ बस्ने ३२ वर्षीय दिपेन्द्र तातेडलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत भदौ १७ गतेको फैसलाले १५ दिन कैद र ४५ लाख ५५ हजार ४ सय १४ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं भोटेवहालबाट पक्राउ गरेको हो ।

दिपेन्द्रले जनता बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्‍याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - १९:२३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology