Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सहकारीबाट ऋण मिलाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

सहकारीबाट ऋण मिलाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

दैनिकी न्यूज

२, कार्तिक २०७९
सहकारीबाट ऋण मिलाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
images

काठमाडौं । सहकारीबाट ऋण मिलाईदिन्छु भनी ठगी गरेको अभियोगमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-१ कृष्णमन्दिर इमाडोल बस्ने ५६ वर्षीय मणी कुमार थापालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

थापाले आफू काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको संचालक भएकोले उक्त सहकारी संस्थाबाट ३० लाख रुपैयाँ ऋण मिलाईदिन्छु भनी बिश्‍वास दिलाई उक्त ऋण रकमको १० प्रतिशतले हुन आउने ३ लाख रुपैयाँ र सेवा शुल्क बापत १२ हजार रुपैयाँ गरी जम्मा ३ लाख १२ हजार रूपैयाँ लिई ऋण उपलब्ध नगराई ठगी गरी फरार रहेको भन्ने सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त भएपश्चात अनुसन्धानको क्रममा उल्लेखित बहुउद्देश्यीय सहकारी संस्था दर्ता नै नरहेको पाइएकोले मणी कुमारको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - १९:१९:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology