Logo

आइतवार, आश्विन २५ गते २०८३

images

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

दैनिकी न्यूज

१, कार्तिक २०७९
निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने
images

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ। 'गृह मन्त्रालयले तयार पारेको योजना केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको छ,' प्रवक्ता पोखरेलले भने, 'योजनाअनुसार एक महिनाअगावै सुरक्षाकर्मी परिचालन भइसक्छन् ।'

यहीअनुसार आफूमातहत सुरक्षाकर्मी आवश्यकताअनुसार परिचालन गर्ने काम सुरु भइसकेको सुरक्षा निकायहरूले जनाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनभन्दा ३५ हजार बढाएर सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ । त्यतिबेला २ लाख ६५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

अहिले ३ लाख सुरक्षाकर्मी परिचालन गर्न लागिएको गृहका प्रवक्ता पोखरेलले जानकारी दिए । यसका लागि नेपाली सेनाबाट ७१ हजार, नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९३, सशस्त्र प्रहरीबाट ३५ हजार, म्यादी प्रहरी १ लाख १५ हजार र बाँकी राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ ।

सुरक्षाकर्मीको काम, परिचालनको तौरतरिका र निर्वाह गर्नुपर्ने भूमिका अघिल्ला निर्वाचनजस्तै हुने जनाइएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - ०७:२५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology