काठमाडौँ। सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (कात्तिक १ गते ) सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा भोलि कार्तिक १ गते मङ्गलवार सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय भएको बताए ।
यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ ।
शताब्दीपुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गर्दा गर्दै आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो ।
