Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा प्रशिक्षण दिने

सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा प्रशिक्षण दिने

दैनिकी न्यूज

३०, आश्विन २०७९
सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा प्रशिक्षण दिने
images

काठमाडौं । सत्ता गठबन्धन दलले आज काठमाडौंमा चुनावी प्रशिक्षण कार्यक्रम गर्दैछ।

दिउँसो १ बजे काँडाघरीचोकस्थित सुभश्री पार्टी प्यालेसमा हुने प्रशिक्षणमा गठबन्धन दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेलले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले कार्यक्रममा धारणा राख्नेछन्।

गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय पनि गरेको छ। कात्तिक ४ देखि ७ गतेसम्म हुने चुनावी सभालाई गठबन्धन आवद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - १०:०३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology