Logo

आइतवार, आश्विन २५ गते २०८३

images

महोत्तरीमा गठबन्धनले गर्यो निर्वाचन परिचालन कमिटी निर्माण

महोत्तरीमा गठबन्धनले गर्यो निर्वाचन परिचालन कमिटी निर्माण

दैनिकी न्यूज

३०, आश्विन २०७९
महोत्तरीमा गठबन्धनले गर्यो निर्वाचन परिचालन कमिटी निर्माण
images

महोत्तरी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरेर महोत्तरीमा सत्ता गठबन्धनले निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ ।

सुरक्षाको हिसाबले महोत्तरीमा अतिसंवेदनशील मतदानस्थल १ सय ४३ रहेको छ । भारतसँग खुला सीमा जोडिएको यो जिल्ला अतिसंवेदनशील मानिन्छ ।

गठवन्धनमा रहेको दलहरुको जिल्ला निर्वाचन परिचालन कमिटीको संयुक्त बैठकले संघिय र प्रदेश चुनाव परिचालन कमिटी प्रत्येक वडासम्म संयुक्त निर्माण गर्ने निर्णय गरेका छन् । साथै निर्वाचन प्रचारप्रसारको लागि प्रत्येक वडामा कार्यालय निर्माण गर्ने निर्णय समेत गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवको अध्यक्षतामाले यस्तो निर्णय गरेको हो । निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले यहाँ करिव एक हजार पाँच सय नेपाल प्रहरी र दुई हजार आठ सय म्यादी प्रहरी परिचालन गरेको छ भने थप सशस्त्र प्रहरी र नेपाली सेना आवश्यकतानुसार परिचालित हुनेछन ।
महोत्तरीमा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा रहेका छन् । यस जिल्लामा ३ लाख ९७ हजार ३० मतदाता रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - ०७:३३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology