ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू गएको छ ।
बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सर्लाही मोहनबाबु खत्रीको मृत्यू भएको हो।
ललितपुरको इमाडोलदेखि लुभुतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ घरको भित्तामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
२६ वर्षका खत्रीको ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो ।
अहिले उनको शव किष्ट अस्पतालमा राखिएको छ। पोष्टमार्टमको लागि पाटन अस्पताल लग्ने तयारी छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिएको छ।