Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित

दैनिकी न्यूज

२७, आश्विन २०७९
कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित
images

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना पार्टीका बागी उम्मेदवारहरुलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको हो ।

कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप कांग्रेसका आधिकारिक उम्मेदवार, सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेदवारलाई पार्टी विधानबमोजिम कारवाही गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधानअनुसार पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरिएको जानकारी गराएका हुन् ।

images
प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - ०७:४५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology