काठमाडौं । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन् ।
अब मनाङेको मात्र उम्मेदवारी कायम रहेको र प्रक्रिया पुरा गरेर आजै दिउँसो निर्विरोध निर्वाचित घोषणा गरिने मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताए ।
मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । एमालेले समर्थन गरेपछि चुनाव जितेका थिए ।