Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

आज उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

दैनिकी न्यूज

२५, आश्विन २०७९
आज उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग
images

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली आज प्रकाशित गर्ने भएको छ।

आयोगका अनुसार मंगलबार साँझ ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार पाँच सय २६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यीमध्ये पुरूष दुई हजार दुई सय ९१ र महिला दुई सय ३५ जनामात्रै छन्।

प्रदेश सभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कूल तीन हजार चार सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। आयोगका अनुसार पुरूष तीन हजार एक सय ७८ र महिला दुई सय ९७ जना तथा एक जना अन्यले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिने भएको छ। नाम फिर्ता लिन बुधबार समय दिइने आयोगको कार्यतालिका छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने असोज २६ गते हुनेछ।

images
प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - ०९:०२:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology