Logo

आइतवार, आश्विन २५ गते २०८३

images

रेशम चौधरीको उम्मेदवारी कायम नहुने

रेशम चौधरीको उम्मेदवारी कायम नहुने

दैनिकी न्यूज

२४, आश्विन २०७९
रेशम चौधरीको उम्मेदवारी कायम नहुने
images

काठमाडौं । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।

जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भैसकेका चौधरीले प्रतिनिधिसभा सदस्य चुनावका लागि करार मुकरर गरी उम्मेदवारी दिएका हुन् । हाल उनी काठमाडौंको डिल्लीबजारस्थित सदर जेलमा छन्। जेलमा भएकाले पनि उम्मेदवारी दिन पाउँछन् । तर कानुनअनुसार उम्मेदवारी कायम नहुने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए। 'कसैले पनि सुरुमा उम्मेदवारी दिन पाउँछन्। जेलमा भएका मान्छेले पनि प्रतिनिधि मुकरर नियुक्ति गर्न सक्छन् । प्रतिनिधिले जेलमा बसेको व्यक्तिको उम्मेदवारी दर्ता गराउन सक्छन्', वाग्लेले भने, 'तर कानुनले निर्दिष्ट गरेका विषयमा संलग्न व्यक्तिको उम्मेदवारी कायम हुने छैन ।' आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७९ सोमवार - ०६:४२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology