Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

दैनिकी न्यूज

२३, आश्विन २०७९
प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी
images

रौतहट । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) सँग एमालेले गठबन्धन गरेको भन्दै रौतहटका नेता प्रभु साहले पार्टीको टिकट परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले रौतहट-३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा एमालेका प्रभावशाली नेता मानिएका साहले रौतहट-३ को निर्वाचन अधिकृतको कार्यालय कटहरियामा उपस्थित भई स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।

गत निर्वाचनमा माओवादीको टिकटबाट प्रतिनिधिसभामा निर्वाचित भएर नेकपा विभाजनपछि उनी एमालेमा रहेका थिए।

आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टीसँग गठबन्धन गरेपछि पूर्वमन्त्री साह असन्तुष्टि जनाउँदै आएका थिए।

साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि निर्वाचन क्षेत्र ३ अन्तर्गत ख का प्रदेश सभा सदस्यका लागि एमालेबाट टिकट पाएका कुन्दन कुशवाहाले पनि स्वतन्त्र मनोनयन दर्ता गराएका छन्।

जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको नेता साहले बताए । उहाँहरूलाई टिकट दिने वाचापछि पार्टीमा भित्राएको भए पनि पार्टीले टिकट नदिएको साहको भनाइ छ ।

क्षेत्र ३ मा सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका धीरज पटेलले मनोनयन दर्ता गराएका छन्।

उता प्रदेश क निर्वाचन क्षेत्रमा एसका नागेन्द्र साह र ख मा कांग्रेस जिल्ला सभापति सुनील यादव जितेन्द्रले प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - २०:२६:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology