काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वारेसनामामार्फत रोल्पाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।
पुनका तर्फबाट माओवादीका रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
पुनको प्रस्तावकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषदका सदस्य भानबहादुर घर्ती छन्।
प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि २०७४ मा निर्वाचित भएका थिए। उनी २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका थिए।
प्रदेशसभातर्फ भने प्रदेश (क) बाट माओवादीका जोखबहादुर महरा र (ख) बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन्।