काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले काठमाडौं क्षेत्र नम्बर २ मा ओनसरी घर्तीलाई टिकट दिएको छ । सत्ता गठबन्धनले गरेको भागबण्डामा माओवादी केन्द्रको भागमा काठमाडौं–२ परेपछि अन्तिम समयमा आएर घर्तीलाई टिकट दिएको हो ।
सो निर्वाचन क्षेत्रबाट अघिल्लो प्रतिनिधि सभाको चुनावमा माधव नेपाल विजयी भएका थिए ।
२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा भने माओवादीका झक्कुप्रसाद सुवेदीले माधव नेपाललाई पराजित गरेका थिए ।