Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अझै तीन दिन पानी पर्ने, मंगलबारदेखि बल्ल मौसममा सुधार

अझै तीन दिन पानी पर्ने, मंगलबारदेखि बल्ल मौसममा सुधार

दैनिकी न्यूज

२२, आश्विन २०७९
अझै तीन दिन पानी पर्ने, मंगलबारदेखि बल्ल मौसममा सुधार
images

काठमाडौं । नेपालमा पछिल्लो पाँच दिनदेखि लगातार पानी परिरहेको छ। मनसुन सक्रिय रहेकाले अझै तीन दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना छ। आगामी मंगलबारदेखि मौसम क्रमिक रूपमा सुधार हुनेछ।

'अबको तीन दिनसम्म वर्षाको सम्भावना छ। पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ। एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ,' उनले भने।

नेपालमा मनसुन अझै सक्रिय रहेकाले वर्षा भइरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताए।

हाल नेपालमा मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर परेको हो। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रासस

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १५:३१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology