Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सभामुख सापकोटा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने

सभामुख सापकोटा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने

दैनिकी न्यूज

२२, आश्विन २०७९
सभामुख सापकोटा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने
images

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ४ गते हुने प्रतिनिधि सभामा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उम्मेदवारी दिने अघिल्लो दिन उनले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका हुन्। सभामुख सापकोटाले शनिबार एक वक्तव्य जारी गर्दै उम्मेदवारी नदिने घोषणा गरेका हुन्।

२०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका सापकोटा यस पटक पनि उम्मेदवारी दिने चर्चा थियो। उनी २०६४, २०७० मा संविधानसभा सदस्य रहेका थिए। उनले अब युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने उल्लेख गरे।

1.jpg

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १५:१४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology