काठमाडौं । चर्चित समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँवर क्षेत्रीले काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदारी दिने भएका छन् । लामो समय समाजसेवी भएर काम गरेका कुँवरले आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ काठमाडौं क्षेत्र नं ८ बाट स्वतन्त्र उमेद्वारी घोषणा गरेका हुन् ।
कुँवरले आफ्नो जन्म काभ्रेमा भएपनि ११ वर्षको कलिलो उमेरदेखि यहि कर्म भूमि बनाएर बस्दै आएका छन् । यहाँको सबै विषयवस्तु र समस्या बुझेकोले आफूले यो क्षेत्रलाई न्याय गर्ने उनको भनाई छ । ‘११ बर्षको उमेरमा आयर काठमाडौंको छेत्र नम्बर ८ लाई कर्मभुमी बनाएर ज्यामी डकर्मी ठेला गाडा सेक्युरिटी गार्ड लुगा सिलाई बुनाई, रिक्सा चालक टेम्पु ट्याक्सी, बिक्रम टेम्पो, मिनि ट्रक, ट्रकको ड्राइभर हुँदै काम गरेँ,' उनले भने, ‘हाल डोजर एक्जाभेटरसहितको चालक हुँदै यहाँसम्म आइपुगेको छु। अब बिस्तारै व्यवसायलाई छोराछोरीको जिम्मा लगाई यहि मंसिर ४ गते सम्पन्न हुने संसदीय चुनावमा काठमाडौ छेत्र नम्बर ८ बाट संघीय सांसद पदको लागि स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छु ।'
कुँवरले आफूँलाई जिताउन यस क्षेत्रका मतदातालाई अनुरोध गरेका छ । जितेपछि जीवन भर जनताको सेवक भएर काम गर्ने उनको प्रतिबद्धता छ । कुवर एक ज्यामी मजदुर, भरिया, टेम्पु चालक हुँदै हाल सफल व्यवसायीका रुपमा स्थापित छन् । आफुले कमाएको रकम उनले दुखी गरिव र दिनदुखिको लागि पनि खर्चदै आएका छन् । २०७२ को भुकम्पताका उनले कयौंलाई राहत सामग्री वितरण गरे । कोभिड–१९ का बेला पनि उनको समाजसेवी मन झनै फराकिलो भयो । उनले १५ सय भन्दा वढीलाई राहत वितरण गरेका छन् ।