Logo

आइतवार, आश्विन २५ गते २०८३

images

चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिदा ३ जनाको मृत्यू

चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिदा ३ जनाको मृत्यू

दैनिकी न्यूज

२१, आश्विन २०७९
चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिदा ३ जनाको मृत्यू
images

काठमाडौं । काठमाडौँको चन्द्रागिरि–२ देउराली नजिकमा पहिरोले पुरिएर ३ जनाको मृत्यू भएको छ । नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको वडा अध्यक्ष तामाङले बताए ।

मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको उनले जानकारी दिए।

अहिले स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा नागढुंगा प्रहरी प्रभाग‚ सशस्त्र प्रहरीको नीलबाराही गण र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन २१, २०७९ शुक्रवार - ०८:४५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology