बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १० जनाको मृत्यु भएको हो । साथै दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी होविन्द्र बोगटीका अनुसार दुर्घटना लगत्तै प्रहरी टोली उद्धारमा खटिएको थियो । घाइतेलाई हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।
जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट बस तल खोलामा खसेको छ ।