Logo

आइतवार, आश्विन २५ गते २०८३

images

विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

दैनिकी न्यूज

२०, आश्विन २०७९
विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने
images

काठमाडौं । नाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

कतार एयरवेजबाट दोहा हुँदै नेपाल आईपुगेका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।

कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन्। खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो।

सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यस्तै प्रहरीले सन्दीपविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।

सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्।

images
प्रकाशित मिति :आश्विन २०, २०७९ बिहिवार - ११:११:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology