चितवन । पहिरोको कारण नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ। लगातारको वर्षाले लेदोसहितको पहिरो खसेर आज बिहान ८ः३० बजेदेखि दुईतर्फी अवरोध भएको छ।
भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेर दुईतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताए। सडक विभागसँग समन्य गरी बाटो खुलाउने पहल भइरहेको उनले बताए।
चितवनमा हिजो साँझदेखि नै लगातार वर्षा भइरहेको छ ।