Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नुहाउन गएका बाबु–छोरा बेपत्ता

नुहाउन गएका बाबु–छोरा बेपत्ता

दैनिकी न्यूज

१९, आश्विन २०७९
नुहाउन गएका बाबु–छोरा बेपत्ता
images

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए। उनीहरू घर नफर्किएपछि मंगलबार आफन्तले प्रहरीलाई खबर गरेका थिए।

बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताए। प्रदेश १–०२–००२ च ५९२० नम्बरको जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजी गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताए। बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकको रूपमा कार्यरत थिए।

images
प्रकाशित मिति :आश्विन १९, २०७९ बुधवार - ०९:५२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology