Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपति पुनको आग्रह

दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपति पुनको आग्रह

दैनिकी न्यूज

१९, आश्विन २०७९
दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपति पुनको आग्रह
images

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ।

बडादशैं २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दशैंले नेपालीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

दशैंले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

प्रकृतिको सुन्दर छटामुनि रहेका हामी नेपाली धर्म, संस्कार, संस्कृति, परम्परा र मूल्यमान्यताले अत्यन्त धनी रहेको उल्लेख गर्दै उहाँले बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने सबैखाले चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आएको बताउनुभएको छ।

नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपति पुनले दशैं, तिहार, नेपाल संवत् र छठजस्ता महत्त्वपूर्ण चाडपर्वलगत्तै सार्वभौम नेपाली जनताको महान् उत्सवको रूपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र संविधान कार्यान्वयनकै महत्त्वपूर्ण पक्षको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागिता जनाउन तथा सार्वभौम मताधिकार प्रयोग गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आग्रह गर्नुभएको छ।

“दशैंले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न ऊर्जा प्रदान गरोस्”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। रासस

images
प्रकाशित मिति :आश्विन १९, २०७९ बुधवार - ०९:०८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology