Logo

आइतवार, आश्विन २५ गते २०८३

images

चितवनमा मासु घाँटीमा अड्किएर मृत्यु

चितवनमा मासु घाँटीमा अड्किएर मृत्यु

दैनिकी न्यूज

१८, आश्विन २०७९
चितवनमा मासु घाँटीमा अड्किएर मृत्यु
images

चितवन । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन्।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो। उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस

images
प्रकाशित मिति :आश्विन १८, २०७९ मंगलवार - १४:४८:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology