Logo

आइतवार, आश्विन २५ गते २०८३

images

झापामा दुई जनाको हत्या गरेको आरोपमा एक पक्राउ

झापामा दुई जनाको हत्या गरेको आरोपमा एक पक्राउ

दैनिकी न्यूज

१६, आश्विन २०७९
झापामा दुई जनाको हत्या गरेको आरोपमा एक पक्राउ
images

झापा । झापामा आमा र काकाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

हत्या आरोपमा कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।

हत्यापछि खुकुरी लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।

पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पाठकले बताए। रासस

images
प्रकाशित मिति :आश्विन १६, २०७९ आइतवार - १३:५२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology