Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ब्याजदर वृद्धिमा व्यवसायी र बैंकरबीच आरोप प्रत्यारोप

ब्याजदर वृद्धिमा व्यवसायी र बैंकरबीच आरोप प्रत्यारोप

दैनिकी न्यूज

१२, आश्विन २०७९
ब्याजदर वृद्धिमा व्यवसायी र बैंकरबीच आरोप प्रत्यारोप
images

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर बढाएको आरोप उद्योगी९व्यवसायीहरुले लगाएपछि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरुले व्याज बढाएको दाबी गरेका छन्।

मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई महिनाको समय दिएर व्याजदर बढाएको पनि स्पष्ट पारे ।

उनले हाल डलरको मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवसायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीं नभएको पनि बताए।

अध्यक्ष उपाध्यायले बजारमा तरलता अभावका कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको भन्दै चालू आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन भएको बताए।

उनले कर्जाको व्याजदर परिर्वतन हुने व्यवस्थापनका साथ काम गर्न सक्ने अवस्थाको बानी बसाल्न आवश्यक रहेको भन्दै हाल अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि व्याजदर वृद्धि गरेको स्मरण गरे। यो समाचार कारोबार दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०७९ बुधवार - ०७:३७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology