Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा खर्च २४ खर्ब

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा खर्च २४ खर्ब

दैनिकी न्यूज

१२, आश्विन २०७९
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा खर्च २४ खर्ब
images

काठमाडौं । पूर्व–पश्चिम रेलमार्ग निर्माणमा करिब २४ खर्ब रुपैयाँ लाग्ने भएको छ । सरकारले गरेको अध्ययनले रेलमार्ग निर्माणका लागि नेपालको १ आर्थिक वर्षको वार्षिक बजेटभन्दा बढी लागत लाग्ने देखाएको हो ।

नेपालको एक आर्थिक वर्षको वार्षिक बजेटभन्दा बढी एउटा आयोजनामै हुने देखिएपछि सरकारले ‘पूर्व–पश्चिम रेलमाग आफ्नै स्रोतसाधनबाट निर्माण गर्न सम्भव नरहेको’ निचोडसमेत निकालेको छ ।

नेपालको एक आर्थिक वर्षको पुँजीगत बजेटको आकार करिब ४ खर्ब रुपैयाँबराबरको छ । पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न भने एक आर्थिक वर्षको पुँजीगत खर्चभन्दा करिब ६ गुणा बढी लाग्नेछ ।सरकारले आफ्नै स्रोतबाट पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न असम्भव रहेको जनाएसँगै रेलमार्ग निर्माणका लागि विदेशी दातृराष्ट्र वा अन्य निकायको सहयोगको भर पर्नुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारको आफ्नै स्रोतसाधनबाट पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न नसकिने जनाएको छ । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईले सरकारी ढुकुटी प्रयोग गरेर पूर्व–पश्चिम रेलमार्ग निर्माण असम्भव रहेको बताएका छन् । आजको राजधानी दैनिकमा यो समाचार छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०७९ बुधवार - ०६:१७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology