ललितपुर । ललितपुरको गोदावारी नगरपालिका वडा नं. ३ टोखेल डेरा गरी बस्ने सुनसरी घर भएका ५४ वर्षीय जोगेन्द्र मेहेताको कोठाको ताला फोडेर कोठाबाट सुनचाँदीका विभिन्न गरगहना र नगद गरी करिब ७ लाख १८ हजार रूपैयाँ मूल्य बराबरको धनमाल सोमबार चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।