Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ब्याजदर नियन्त्रणमा अर्थमन्त्री सक्रिय

ब्याजदर नियन्त्रणमा अर्थमन्त्री सक्रिय

दैनिकी न्यूज

१०, आश्विन २०७९
ब्याजदर नियन्त्रणमा अर्थमन्त्री सक्रिय
images

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न प्रयास थालेका छन् । मन्त्री शर्माले ब्याजदरका विषयमा अध्ययन गर्न भन्दै उच्चस्तरीय समिति बनाएका छन्।

अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखसमेत रहेका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा बनाइएको अध्ययन समितिले ब्याजदर मात्र नभई केही समयअघि नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शनका विषयमा पनि अध्ययन गर्ने र सोही समितिको प्रतिवेदनका आधारमा थप कदम चाल्ने अर्थमन्त्री शर्माको तयारी छ ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट १र१ जना प्रतिनिधि सदस्य छन् । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शबाट १र१ जना तथा नेपाल बैंकर्स संघबाट दुई जना प्रतिनिधि राखिएको अर्थमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। उक्त समितिलाई ७ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन समय दिइएको छ। आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०६:३०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology