Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दसैँ बजारलक्षित चौपायाका स्वास्थ्य परीक्षण शुरू हुँदै

दसैँ बजारलक्षित चौपायाका स्वास्थ्य परीक्षण शुरू हुँदै

दैनिकी न्यूज

९, आश्विन २०७९
दसैँ बजारलक्षित चौपायाका स्वास्थ्य परीक्षण शुरू हुँदै
images

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो ।

स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका जनस्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले बताए ।


कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बनाएर अनुगमन गर्ने भएको छ । कामपाका प्रवक्ता नवीन मानन्धरले विगत वर्षमा भन्दा यो वर्षा थप व्यवस्थित रुपमा परीक्षण र बजार अनुगमन गर्ने बताए । यो खबर आजको नेपाल समाचारपत्रमाप्रकाशित छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०६:५९:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology