Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काभ्रेमा तीन लाख १० हजार मतदाता

काभ्रेमा तीन लाख १० हजार मतदाता

दैनिकी न्यूज

८, आश्विन २०७९
काभ्रेमा तीन लाख १० हजार मतदाता
images

काभ्रे । यहाँ चार महिनाको अवधिमा छ हजार पाँच सय ६० मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख तीन हजार पाँच सय ६० रहेका थिए । आसन्न निर्वाचनमा जिल्लाका तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयको अन्तिम मतदाता नामावलीअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमा एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता रहेका छन् ।

यस्तै आगामी मङ्सिर ४ गतेका लागि एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ । जिल्लामा एउटा मतदानस्थल र आठ मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए ।

प्रतिनिधसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत धार्ने ज्योति माध्यमिक विद्यालयमा एक मतदानस्थल थप भएको हो । उक्त केन्द्रमा तीन सय ३२ पुरुष र दुई सय ५९ महिला गरी पाँच सय ९१ मतदाता रहेका छन् । कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता एक लाख ५२ हजार छ सय ९९ रहेका छन् । यसमध्ये ७८ हजार आठ सय १६ पुरुष र ७३ हजार आठ सय ८२ महिला तथा अन्य एक मतदाता छन् । यहाँ एक सय ९५ मतदान केन्द्रबाट मतदान हुनेछ ।

सोही क्षेत्रको प्रदेशसभा ९क० मा ४० हजार एकसय एक पुरुष तथा ३६ हजार चार सय ५२ महिला गरी ७६ हजार पाँच सय ५३ मतदाता छन् । यसमा ९४ मतदान केन्द्र छन् । प्रदेशसभा ९ख० मा भने ३८ हजार सात सय १५ पुरुष र ३७ हजार चार सय ३० महिला गरी ७६ हजार एक सय ४६ मतदाता छन् । यहाँ ९५ मतदान केन्द्र छन् ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ७९ हजार एक सय ७४ पुरुष र ७८ हजार दुई सय ६७ महिला गरी एक लाख ५७ हजार चार सय ४२ मतदाता छन् । उक्त क्षेत्रमा दुई सय मतदान केन्द्र छन् । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (क) मा ३९ हजार दुई सय ५८ पुरुष, ३७ हजार आठ सय ५० महिला तथा अन्य एक गरी ७७ हजार एक सय नौ मतदाता छन् । प्रदेशसभा (ख) मा भने ३९ हजार नौ सय १६ पुरुष तथा ४० हजार चार सय १७ महिला गरी ८० हजार तीन सय ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - १८:३७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology