Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मधेशविरोधी भन्दै ओलीविरुद्ध जनकपुरमा कालो झण्डा देखाइयाे, विभिन्न जिल्लामा विरोध

मधेशविरोधी भन्दै ओलीविरुद्ध जनकपुरमा कालो झण्डा देखाइयाे, विभिन्न जिल्लामा विरोध

दैनिकी न्यूज

८, आश्विन २०७९
मधेशविरोधी भन्दै ओलीविरुद्ध जनकपुरमा कालो झण्डा देखाइयाे, विभिन्न जिल्लामा विरोध
images

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा युवाहरुले कालो झण्डा देखाउँदै विरोध गरेका छन् । केपी ओली मधेशविरोधी नेता भएको भन्दै ओली चोर मधेश छोड्को नारा लगाउँदै ओलीविरुद्ध कालो झण्डा देखाइएको हो ।  

जनकपुर विमानस्थलबाट जनकपुर( जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए । उनीहरुले ओलीले मधेशविरोधी गतिविधि गरेको र राष्ट्रपतिलाई ओलीले नै नागरिकता विधेयक पारित गर्न नदिएर देशमा द्वन्द निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा जान ओली रेल चढेर महिनाथपुर स्टेशनसम्म रेल चढेर पुगेका छन् ।

यसअघि भदौ २७ गते जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आउँदा नागरिकता विहीन युवाहरुको समूहले कालो झण्डा देखाएका थिए ।

जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढ्न खोजेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवाहरुले नाराबाजी गरेका थिए ।  सो क्रममा युवाहरु र प्रहरीबीच सामान्य झडप समेत भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा नेकपा एमालेको मुख्य भूमिका रहेको भन्दै मधेशका विभिन्न जिल्लामा विरोध भइरहेको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - १८:२५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology