Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

दैनिकी न्यूज

८, आश्विन २०७९
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
images

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका(५ नयाँबस्ती बस्ने माधब गौतमको घरमा जुवातास खेलिहरको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका(७ घर भएका ५२ वर्षीय मिङमार तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ७ सय ८० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका–५ गोलमढी बस्ने अमित ज्याख्वको जुजु नेवा किचेन रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० कमलबिनायक बस्ने २६ वर्षीय सुदिप वैद्यसमेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार १ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - १८:२१:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology