Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पालुङ्गटारलाइ स्मार्ट सिटि बनाउने अर्थ मन्त्रीको घोषणा

पालुङ्गटारलाइ स्मार्ट सिटि बनाउने अर्थ मन्त्रीको घोषणा

दैनिकी न्यूज

७, आश्विन २०७९
पालुङ्गटारलाइ स्मार्ट सिटि बनाउने अर्थ मन्त्रीको घोषणा
images

पालुङ्गटार । अर्थ मन्त्रि जनार्दन शर्माले इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताउनु भएको छ । त्यसको लागि एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।

पालुङ्टारलाइ सुचनाप्रबिधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै सँघीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग हुने उहाले बताउनु भयो । 'स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।' उहाले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

'नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ बजेट खर्च गर्दै कामलाइ द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु' - मन्त्री शर्माले पालुङ्ग्टारमा उपश्थित स्थानिय जनतालाई सम्बोधन गर्दै बताउनु भयो।

देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उहाले बताउनु भयो । नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्टार भएर अघि बढेको बताउदै उक्त राजमार्ग निर्माणको योजना माओबादि सरकारले ल्याएको पनि स्मरण गराउनु भयो।

सघीयता कार्यन्वयनका लागि दलहरुवीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकोले गठबन्धन दलका कार्यकर्ताले आफुलाई यो चिन्ह मन परेन, म साँसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन भन्नेमा जोड दिनु भयो। यो गठबन्धन कसैलाई साँसद बनाउन र मन्त्री बनाउन नभएर ठुलो राजनीतिक परिवर्तन पछि स्थापना भएको व्यवस्थालाइ मजबूत बनाउदै समाजवादको दिशामा अगाडी बढ्नको लागि भएको पनि उहाले बताउनु भयो।

सँघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउदै पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियो भनेर भन्न पाउनु सँघीयताको उपलब्धि भएको पनि उहाले बताउनु भयो । सँघीय लोकतान्त्रिक व्यवस्थाको अस्थित्व भनेको राजनैतिक पार्टीहरुको अस्थित्व रहेको बिचार व्यक्त गर्दै उहाले जोड दिनु भयो- 'सँघ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन।'

सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका बताउदै उहाले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि उहाले बताउनु भयो। बैँकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउदै वैँकले दिने गरेको व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उहाले बताउनु भयो।

दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनकालागि अर्थमन्त्री जनार्दन शर्मा बुधबार दिउसो पालुङ्टार आउनु भएको थियो । लिगलिग पालुङ्टार उद्योग वाणिज्य सँघ गोरखाको आयोजनामा भैरहेको महोत्सव भदौ ११ गते सम्म चल्ने आयोजक सँस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०६:४२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology