Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सर्वेन्द्र एमालेमै थिए, तर एमालेले गर्यो प्रवेशको नाटक

सर्वेन्द्र एमालेमै थिए, तर एमालेले गर्यो प्रवेशको नाटक

दैनिकी न्यूज

७, आश्विन २०७९
सर्वेन्द्र एमालेमै थिए, तर एमालेले गर्यो प्रवेशको नाटक
images

काठमाडौं । चुनावमा जाने कुनै तार्किक एजेन्डा र कार्यक्रम नै नभएको एमालेले पार्टी प्रवेशको राजनीतिलाई एकमात्र चुनावी प्रचार स्टन्ट बनाइरहेको छ । त्यसको पछिल्लो उदाहरण हो, पूर्व आइजी सर्वेन्द्र खनालको ‘एमाले प्रवेश’।

सबैलाई थाहा छ, सर्वेन्द्र खनाल एमालेकै मान्छे हुन् । २०७७ को सुरुमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याउँदा महेश बस्नेतलाई सर्वेन्द्रले नै साथ दिएका थिए । त्यतिबेला ओलीका मान्छेहरूले त्यो अपहरण आइडिया सर्बेन्द्रकै हो भनेर आफूलाई बचाउ गरेका थिए ।

अपहरणको उद्देश्य के थियो भने आफ्नै पार्टी समेत फुटाउने नियतले तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेश अनुसार पहिला जनता समाजवादी पार्टीलाई फुटाउनु । अनि फुटेको पक्षसँग एकता गरेर आफ्नो ४० प्रतिशत पुर्‍याउनु । संविधानमा पार्टी फुटाउन ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य हुनैपर्ने प्रावधान छ । जसलाई फेरेर ओलीले ‘४० प्रतिशत सांसद वा ४० प्रतिशत केन्द्रीय सदस्य’ भए हुने अध्यादेश ल्याएका थिए ।

आम बिरोधपछि ओली उक्त अध्यादेश खारेज गर्न बाध्य भए । तर, त्यस प्रकरणको लगत्तै आफूलाई कसैले एमालेको रूपमा बुझे कुनै आपत्ति नहुने सार्वजनिक प्रतिक्रिया सर्वेन्द्रले दिएका थिए । अपहरित जसपा सांसद डा. यादव भने भागेर पार्टी सम्पर्कमा पुगेका थिए ।

तिनै सर्वेन्द्र आइतवार एमालेमा आएको र अब एमालेलाई ठुलो पार्टी बन्न कसैले नरोक्ने आत्मरती ओली र उनका अनुयायीहरूले बोमिटनै आउला जसरी व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०६:३५:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology