Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने

आज वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने

दैनिकी न्यूज

६, आश्विन २०७९
आज वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने
images

काठमाडौं । काठमाडौंको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ।

काठमाडौं महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो (बुधबार) २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन्।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज (बुधबार) दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने जानकारी गराएको बताए । ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत रहेका औषधि पसल हटाइने उनले बताए । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो ।

प्रहरी प्रमुख पाण्डेले वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन लागेको जानकारी दिए । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - ०७:५२:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology