Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित तीन जना पक्राउ

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित तीन जना पक्राउ

दैनिकी न्यूज

६, आश्विन २०७९
अवैध रूपमा ल्याउँदै गरेको सुनसहित तीन जना पक्राउ
images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैंचा नगरपालिका–९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ घर भएका २५ वर्षीय जीवराज बम छन्।

बुधबार दिउँसो दुबईदेखि काठमाडौं आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरूबाट भन्सार छली ल्याएको एकरएक थान सुनको सिक्री र एकरएक थान औंठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिए। रासस

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - ०१:५६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology