Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मापदण्ड विपरीत बनेका संरचना हटाउन ललितपुर महानगरको ३५ दिने सूचना

मापदण्ड विपरीत बनेका संरचना हटाउन ललितपुर महानगरको ३५ दिने सूचना

दैनिकी न्यूज

५, आश्विन २०७९
मापदण्ड विपरीत बनेका संरचना हटाउन ललितपुर महानगरको ३५ दिने सूचना
images

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड विपरीत बनेका संरचना हटाउन तथा आवश्यक सुधार गर्न अनुरोध गरेको छ ।

महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्र नक्सा स्विकृत विना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ्ग खुलाई स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु तथा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण प्रयोजनमा प्रयोग भएका संरचना ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन अनुसार कायम गर्न अनुरोध गरेको हो ।

अबको ३५ दिनभित्र सूचना अनुसार नगरेमा महानगर आफैले संरचना हटाउने पनि चेतावनी दिएको छ ।

हेर्नुहोस सूचना

notice.jpg

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - १०:३१:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology