Logo

आइतवार, आश्विन २५ गते २०८३

images

शिक्षा र विकासको अन्योन्याश्रित सम्बन्ध छ– राष्ट्रिय योजना अयोग सदस्य प्रधान

शिक्षा र विकासको अन्योन्याश्रित सम्बन्ध छ– राष्ट्रिय योजना अयोग सदस्य प्रधान

दैनिकी न्यूज

५, आश्विन २०७९
शिक्षा र विकासको अन्योन्याश्रित सम्बन्ध छ– राष्ट्रिय योजना अयोग सदस्य प्रधान
images

ललितपुर । राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधानले शिक्षाबाट मानवीय विकास हुने बताएकी छिन् । ललितपुरको महालक्ष्मी–४ इमाडोलमा नन्दकिशोर प्रतिभा प्रतिष्ठानद्वाराआइतबार आयोजित कार्यक्रममा मन्तव्य राख्दै आयोगकी सदस्य प्रधानले भनिन् , ‘शिक्षा र विकासको अन्योन्याश्रित सम्बन्ध छ। विद्यार्थी, शिक्षक र अभिभावकहरुको उत्प्रेरणा र सम्मान र सराहनाले नै शिक्षाको गुणस्तर उकास्दै विकासको गति वढाउन सम्भव हुन्छ ।‘ उनले शिक्षक निरन्तर विकासको सेतु भएको जनाउँदै शिक्षकहरु विकास र परिवर्तनको रोलमोडेल हुनुपर्नेमा जोड दिइन । प्रधानले सामुदायिक विद्यालयका शिक्षकहरुले अरुलाई उत्प्रेरणा दिने गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने ओैल्याइन् ।

त्यस्तै महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले नन्दकिशोर प्रतिभा प्रतिष्ठानले महालक्ष्मी नगरभित्रको शैक्षिक गुणस्तर विकासमा महत्त्वपूर्ण काम गरेको बताइन । ‘सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धि गर्न महालक्ष्मी नगरपालिकाले गर्नुपर्ने महत्त्वपूर्ण काम नन्दकिशोर प्रतिभा प्रतिष्ठानले आफैं जिम्मेवारी लिएर गर्नुभएको छ। यो अत्यन्तै सराहनीय र सम्मानयोग्य छ। यसका लागि म धन्यवाद दिन चाहान्छु।‘ उपप्रमुख महर्जनले भनिन् ।

प्रतिष्ठानका अध्यक्ष नन्दकिशोर श्रेष्ठले प्रतिष्ठानले स्थापनाकालदेखि नै शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आजको अवस्थासम्म आउन पाएकोमा गौरवान्वित महसुस भएकोमा खुसी व्यक्त गरे ।

प्रतिष्ठानका सचिव वरिष्ठ इन्जिनियर रामबहादुर श्रेष्ठ २०५४ सालमा तत्कालीन ५ वटा गाविसहरु सिद्धिपुर, लुभु, लामाटार, टिकाथली र इमाडोलका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित भएको जानकारी गराए ।

प्रतिष्ठानले आफ्नो रजत महोत्सवको अवसर पारेर महालक्ष्मी नगरपभित्रका १४ वटा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत, उत्कृष्ट अंक ल्याउन सफल शिक्षकहरु र उत्कृष्ट जिपिए हासिल गर्न सफल विद्यालयलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा प्राविधिक विषयको २०७८ सालको एसइइ परीक्षामा सबभन्दा बढी अंक ३.७६ जिपिए हासिल गर्न सफल विश्वामित्र गणेश मावि, लुभुकी विद्यार्थी आयुषा पोखरेल रु.३,००० नगद र प्रमाण पत्र सहित सम्मानित भइन् ।

त्यस्तै महालक्ष्मी नगरपालिका भित्रका सामुदायिक माध्यामिक विद्यालयबाट २०७८ सालको एसइइ परीक्षामा छात्र तर्फ सबैभन्दा बढी ३.९ जिपीए ल्याउन सफल लुभु माविका मनोजबहादुर रोकाया र छात्रा तर्फ सबैभन्दा बढी ३।५५ जिपीए ल्याउन सफल लुभु माविकी श्री सुमेधा धिमाल नगद रु ७,५०० र प्रमाण पत्र सहित सम्मानित भए ।

त्यस्तै उत्कृष्ट नतिजा हासिल गर्न सफल सिस्नेरी मावि, लामाटारमा कार्यरत अनिवार्य नेपाली विषय शिक्षक पार्वती अर्याल, विश्वामित्र गणेश मावि, लुभुमा कार्यरत अनिवार्य विज्ञान विषय शिक्षक दीप अधिकारी, महेन्द्रग्राम मावि, टीकाथलीमा कार्यरत अनिवार्य अङ्ग्रेजी विषय शिक्षक भरतबाबु खनाल, महेन्द्र ग्राम मावि, टीकाथलीमा कार्यरत अनिवार्य गणित विषय शिक्षक प्रभात बुढाथोकी, महेन्द्र ग्राम मावि, टीकाथलीमा कार्यरत ऐच्छिक प्रथम अर्थशास्त्र विषय शिक्षक लक्ष्मीदेवी महर्जन, महेन्द्र ग्राम मावि, टीकाथलीमा कार्यरत स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय शिक्षक शुशीला सञ्जेल, श्रृङ्गेरी मावि, लामाटारमा कार्यरत सामाजिक विषयका शिक्षक जनकराज पौडेल र लुभु मावि, लुभुमा कार्यरत ऐच्छिक गणित विषय शिक्षक दयाराम श्रेष्ठ सम्मानित भएका थिए ।

रजत महोत्सवको अवसरमा प्रतिष्ठानबाट विगतका वर्षहरुमा पुरस्कृत पूर्वविद्यार्थीहरु, प्रतिष्ठानका मानार्थ सदस्यहरुले ुभर्चुअलु माध्यमबाट शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - ०९:२४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology